Kathmandu Press

राष्ट्रपति भण्डारी  साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति भण्डारी  साइत निकाल्ने कार्यक्रममा सरिक

काठमाडौं, कात्तिक ७ : राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् । 

सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरिन्। 

राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेकी थिइन्। 

प्रकाशित मिति: १०:४९ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्