Kathmandu Press

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ।
कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं, कात्तिक ७ : आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ।

कांग्रेसले मंसिर ६ गते घोषणापत्र सार्वजनिक कार्यक्रम तय गरेको थियो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम र कर्णालीका कार्यकर्ता भेलामा व्यस्त रहेपछि आज बिहानलाई सारिएको थियो।

आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने भनिएको कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

मुख्य सचिव पौडेलले आज बिहान विज्ञिप्ति जारी गरी अनिश्चितकालका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, 'प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।'

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्