तिहारले सत्य र न्यायको मार्ग लाग्न प्रेरणा मिलोस: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको अवसरमा शुभकामना दिँदै सत्य र न्यायको मार्गमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।
काठमाडौं, कात्तिक ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको अवसरमा शुभकामना दिँदै सत्य र न्यायको मार्गमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।
सोमबार राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, 'दीपावालीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस भन्ने कामना गर्दछु।'
यससँगै राष्ट्रपति भण्डारीले देश विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्।
‘

प्रकाशित मिति: ०७:२१ बजे, सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











