धनुषामा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ
जनकपुर, मंसिर २८ : धनुषाको शिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन....
जनकपुर, मंसिर २८ : धनुषाको शिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन्।
विस्फोट गराएको आशंकमा शनिबार हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नगरपालिका–१ का राम सुदित साह धानुकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनले पक्राउ परेकामाथि अनुसन्धान थालिएको बताए।
क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र बडा नम्बर ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश, उनका २४ वर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो।






