Kathmandu Press

खानेपानी मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

आचारसंहिता विपरीत चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । 
खानेपानी मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, कात्तिक ६ : निर्वाचन आयोगले खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

आचारसंहिता विपरीत चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । 

मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भइ वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । 

आयोगबाट मन्त्री चौधरीले प्रचार प्रसारका क्रममा सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न बारा क्षेत्र नम्बर एकको निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय बारालाई समेत पत्राचार गरिएको छ । 

प्रकाशित मिति: २०:३१ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्