Kathmandu Press

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीद्वारा निर्वाचन घोषणापत्र सार्वजनिक

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीद्वारा निर्वाचन घोषणापत्र सार्वजनिक

काठमाडाैं, कात्तिक ६ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बताए।

घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ।

भट्टराईले मुलुकको आर्थिक विकासका लागि समतामूलक समृद्धिको अवधारणा अगाडि सारेको गर्दै त्यसका लागि तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसी हुनुपर्ने उल्लेख गरेको बताए। 

त्यस्तै छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने तथा उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्राएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लड्न लागेको छ। 

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्