Kathmandu Press

परिवर्तनको रक्षा गर्दै देशलाई समृद्ध बनाउन गठबन्धन : प्रचण्ड

परिवर्तनको रक्षा गर्दै देशलाई समृद्ध बनाउन गठबन्धन : प्रचण्ड

काठमाडौं, कात्तिक ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त परिवर्तनको रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन् । 

पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले विशिष्ट परिस्थितिमा गठबन्धन बनेको बताएका हुन् । अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउने गठबन्धनको मुख्य लक्ष्य रहेको उनले बताए । 

उनले एमाले नेतृत्वको गठबन्धनले संविधानलाई डिरेल गर्दै संघीयता र गणतन्त्रलाई कमजोर पार्ने बताए । त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहीँनकहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र सङ्घीयतालाई कमजोर पार्ने छ,’ उनले भने । 

देशमा ००७ सालदेखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उनले भने, ‘यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ। 
 
 

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्