काग तिहारको अवसरमा रत्नपार्कमा १९औं ‘काग सम्मेलन’
ग्रिन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो।
काठमाडाैं, कात्तिक ६ : यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा १९औं ‘काग सम्मेलन’ गरिएको छ।
ग्रिन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो।
काग सम्मेलनमा १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गरेका हुन्।
विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि काग बोलाएर सम्मेलन गरेका हुन्।
'कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत प¥र्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्,' उनले भने।
काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ।
कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ। काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










