Kathmandu Press

‘संविधान र लोकतन्त्रका लागि सत्तागठबन्धनका उम्मेदवारले जित्नुपर्छ’

रसुवामा आयोजित कार्यक्रममा उनले भने, 'संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ।'
‘संविधान र लोकतन्त्रका लागि सत्तागठबन्धनका उम्मेदवारले जित्नुपर्छ’

काठमाडाैं, कात्तिक ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई. मोहन आचार्यले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्।

रसुवामा आयोजित कार्यक्रममा उनले भने, 'संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ।' उनले वर्तमान सत्ता गठबन्धनले आगामी निर्वाचनमा जनताको विश्वास जितेर स्थिर सरकार निर्माण गर्ने दाबीसमेत गरे।

अब निर्माण हुने स्थिर सरकारले देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ थियो।

लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई पटकपटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन बनेको उनले बताए।

रसुवाको विकास नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै नेता आचार्यले समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियानमा सफल बनाउन गठबन्धनका उमेदवारलाई विजयी गराउन आवश्यक रहेकामा जोड दिए।

कृषि, जलविद्युत्, पर्यटन, व्यापार व्यवस्थापन र समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उनले बताए।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्