Kathmandu Press

सिरहाको लक्ष्मीपुर गाउँपालिकाको कार्यालयमा बम विस्फोट

लहान, मंसिर २८ : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। 

गएराति ११ बजेतिर अज्ञात समूहले गराएको बम विस्फोटब....

सिरहाको लक्ष्मीपुर गाउँपालिकाको कार्यालयमा बम विस्फोट
सांकेतिक

लहान, मंसिर २८ : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। 

गएराति ११ बजेतिर अज्ञात समूहले गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।  

बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। विगत केही दिनदेखि हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ। 

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, मंसिर २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्