धनगढी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ६ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् ।
सत्ता गठबन्धनले आज आयोजना गरेको संयुक्त भेलामा सहभागी हुन प्रधानमन्त्री देउवा ११ बजे धनगढी पुगेका हुन् ।
आजको भेलालाई गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले समवन्वय गरेको हो । भेलालाई प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आज दिउँसो भेलाको आयोजना गरिँदै छ। सुर्खेतमा आयोजना हुने संयुक्त भेलाको नेपाली कांग्रेसले समन्वय गर्न लागेको छ।
यसअघि गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ। सोमबार काठमाडौंमा संयुक्त भेला गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: ११:२३ बजे, आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










