Kathmandu Press

'चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ’

'चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ’

काठमाडौं, कात्तिक ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्। 

पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औंल्याए ।  उनले भने,' निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले  देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ ।  चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ।'

पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे। 

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले विभिन्न पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमका कारण अहिले देशभर जनताको पार्टीप्रति आकर्षण बढेको विचार व्यक्त गरे।

प्रकाशित मिति: १०:३५ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्