Kathmandu Press

पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

चितवन, कात्तिक ६ : पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।

गएराति चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिइन्।

उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै गएराति १ः१० बजे उनको निधन भएको आफन्त टंकनाथ पौडेलले बताए।

उनी २००३ सालदेखि कांग्रेसमा आवद्ध भएकी थिइन्। २०४८ को निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

चितवनस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक श्रेष्ठ अरुलाई सहयोग गर्दै आएकी थिइन्। उनले एक अर्बभन्दा बढी दान गरेको पौडेलले बताए।

श्रेष्ठको पार्थिव शरीर आइतबार बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने भएको छ। त्यसपछि मैयाँदेवी कन्या क्याम्पसमा राखेर अन्त्यष्टि गरिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए।

प्रकाशित मिति: ०८:०१ बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्