Kathmandu Press

आज धनगढी र सुर्खेतमा गठबन्धनको संयुक्त भेला

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरेर सत्तारुढ गठबन्धनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला गर्दै छ।
आज धनगढी र सुर्खेतमा गठबन्धनको संयुक्त भेला

काठमाडौं, कात्तिक ६ : आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरेर सत्तारुढ गठबन्धनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला गर्दै छ।

सुदूरपश्चिमको धनगढीमा आज बिहान ११ बजे भेला आयोजना गरिँदै छ। यो भेलाको नेकपा (माओवादी केन्द्र) ले समन्वय गर्ने भएको छ।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा आज दिउँसो भेलाको आयोजना गरिँदै छ। सुर्खेतमा आयोजना हुने संयुक्त भेलाको नेपाली कांग्रेसले समन्वय गर्न लागेको छ।

दुवै ठाउँमा आयोजना हुने भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत नेता भेलालाई सम्बोधन गर्ने भएका छन्।

यसअघि गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ। सोमबार काठमाडौंमा संयुक्त भेला गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: ०७:५० बजे, आइतबार, कात्तिक ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्