Kathmandu Press

पूर्वमा वर्षा, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

काठमाडौं, मंसिर २८ : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी  तथा हिमली भू–भागमा हिमपात र पूर्....

पूर्वमा वर्षा, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

काठमाडौं, मंसिर २८ : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी  तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 
विभागले शनिबार बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो। मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ।

 “पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ”, विभागले भनेको छ।
 
विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ।

हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन्। 

प्रकाशित मिति: ११:५२ बजे, शनिबार, मंसिर २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्