Kathmandu Press

दाङकाे बबई नदीमा डुबेर दुई बालिका बेपत्ता

दाङकाे बबई नदीमा डुबेर दुई बालिका बेपत्ता

दाङ, कात्तिक ५ : दाङकाे बबई नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। तीनजना डुबेकाेमा एक जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएकाे छ।

तुलसीपुर–११ को सिमलकुना घाटनजिकै बबई नदीमा शनिबार दिउँसो  नुहाउने क्रममा दंगीशरण–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भए पनि दंगीशरणस्थित मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

दंगीशरण–२ की १३ वर्षीया निरुता बस्नेतकाे भने उद्धार गरिएको हाे। उनी पौडिएर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

उनीहरूकाे खाेजी भइरहेको डिएसपी मल्लले जानकारी दिएकाे छ। खाेजी कार्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली संलग्न रहेकाे जनाइएकाे छ।

 

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्