Kathmandu Press

आगामी निर्वाचनमा अप्रत्यासित नजिता आउने लिङ्देन दाबी

शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दावी गरे।
आगामी निर्वाचनमा अप्रत्यासित नजिता आउने लिङ्देन दाबी

काठमाडाैं, कात्तिक ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्यासित नजिता आउने दाबी गरेका छन्।

शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दावी गरे।

आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरुको चक्रव्यूहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए।

निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरि मतदान गर्न उहाले आह्वान गरे। लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेरकाले राम्रा मान्छे पराजित भएकाले अब भने त्यस्तो अवस्था नआउने धारणा राखे।

त्यस्तै लिङ्देनले अन्य दलमा रहेकाहरुले पनि आफ्नो पार्टी सुधार्न रापपामा मतदान गर्नुपर्ने जिकिर गरे। 

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्