Kathmandu Press

गलत मानिसको हातमा परेकाे नेतृत्व खोस्न गठबन्धन बनेको हाे : नेपाल

लोकतान्त्रिक–वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले संघीयता र गणतन्त्र नै धरापमा पर्ने भएपछि तिनलाई जाेगाउन र असल शासन गर्ने उद्देश्यले  सत्ता गठबन्धन बनेको जिकिर गरे।
गलत मानिसको हातमा परेकाे नेतृत्व खोस्न गठबन्धन बनेको हाे : नेपाल

विराटनगर, कात्तिक ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव जित्ने उद्देश्यले नभएर गलत मानिसको हातमा परेकाे नेतृत्व खोस्न गठबन्धन बनेको बताए। 

लोकतान्त्रिक–वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले संघीयता र गणतन्त्र नै धरापमा पर्ने भएपछि तिनलाई जाेगाउन र असल शासन गर्ने उद्देश्यले  सत्ता गठबन्धन बनेको जिकिर गरे।

‘ठुलो बलिदानले ल्याएको गणतन्त्र र संघीयता धरापमा पर्ने भएपछि हामी सहकार्यमा आएका हौं,’ उनले भने। सत्तापक्षीय वर्तमान गठबन्धन स्वाभाविक रहेको भन्दै यसबारे विपक्षीले फैलाएको भ्रम चिर्न उनले कार्यकर्तालाई आग्रह गरे।

कम्युनिस्ट र कांग्रेस मिलेर पञ्चायत ढाल्ने, राजतन्त्र फाल्ने काम गरेको बताउँदै उनले भने, 'मनमुटाव बिर्सिएर विपक्षीले फैलाएको भ्रम चिर्न लाग्नुस्,’ उनले भने। नेपालले राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गरे।

'गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन,' स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने बताए।

प्रकाशित मिति: १५:२९ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्