नेपालमा खेलकुद क्षेत्रको विकास एमालेले मात्र गर्न सक्छ : ईश्वर पाेखरेल
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठुलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे।
काठमाडाैं, कात्तिक ५ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकास एमाले मात्रै गर्न सक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठुलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे।
उनले किर्तिपुरको रंगशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रमअन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवात लगाएतका कार्यहरु एमाले सरकारले नै गरेको धारणा राखे।
त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरणको थालनी पनि आफ्नै पार्टीको सरकारले गरेको उनले बताए।
त्यस्तै पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दाबी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने जिकिर गरे।
पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










