Kathmandu Press

विराटनगरमा देउवाले भने- कांग्रेस एकताबद्ध छ, गठबन्धनलाई जिताउनैपर्छ

लोकतान्त्रिक–वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले संविधान रक्षाका निम्ति सत्ता गठबन्धन बन्नु स्वाभाविक रहेको बताए। 
विराटनगरमा देउवाले भने- कांग्रेस एकताबद्ध छ, गठबन्धनलाई जिताउनैपर्छ

काठमाडाैं, कात्तिक ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले गठबन्धन गर्दा आफूहरू किन गर्न नहुने भन्दै प्रश्न गरेका छन्। 

एमालेले ओलीले सत्ता गठबन्धनमाथि बारम्बार उठाउने गरेको प्रश्नमा केन्द्रित रहेर देउवाले त्यस्तो प्रश्न गरेका हुन्। ‘ओलीले पनि गठबन्धन गर्नुभएकै छ,’ उनले भने, ‘उहाँले गर्दा हुने, हामीले गर्न नहुने?’

लोकतान्त्रिक–वाम गठबन्धनले आज विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले संविधान रक्षाका निम्ति सत्ता गठबन्धन बन्नु स्वाभाविक रहेको बताए। 

उनले यसपालिको निर्वाचन कुनै हालतमा गठबन्धनले जित्नुपर्नेमा जोड दिए। त्यसका लागि कुनै दुविधामा नपरी एकअर्काका चुनाव चिह्नमा मतदान गर्न उनले नेता–कार्यकर्तालाई आह्वान गरे। सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष ओलीलाई जवाफ दिनुपर्छ।

‘हामीले एकअर्काका चुनाव चिन्हमा भोट हालौं,’ उनले भने, ‘कुनै हालतले गठबन्धनले जित्नुपर्छ।’ गठबन्धनले बहुमत ल्याए सबैका लागि अवसरको सिर्जना हुने उनको भनाइ थियाे।

देउवाले गठबन्धनका विषयमा पार्टीभित्र पनि विवाद कुनै विवाद नरहेको पनि स्पष्ट पारे। उनले गठबन्धन र पार्टी सबैतिर सबैजना मिलेको दाबी गरे।

देउवाभन्दा अघि सम्बोधन गरेका कांग्रेस नेता शेखर कोइरालाले पनि गठबन्धन चुनावसम्मै कायमै रहने बताए। उनले संविधान संरक्षण र असल शासनका लागि गठबन्धन बनेको जिकिर गरे।

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्