Kathmandu Press

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।
बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बर्दिया, कात्तिक ५ : बर्दियाको बारबर्दिया–७ मा जंगली हात्तीले आक्रमण गर्दा एक जना स्थानीय मृत्यु भएको छ।

जंगली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

पछिल्लो समयमा बर्दियामा जंगली जनावरको आक्रमण बढ्दो रहेको छ ।

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्