बर्खास्तीमा परे जेरार्ड
यसैसिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमसँग ३–० ले पराजित भएको २४ घण्टा नबित्दै भिल्लाले जेरार्डलाई बर्खास्त गरेको हो।
काठमाडाैं, कात्तिक ५ : प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्ड बर्खास्तीमा परेका छन्। प्रिमियर लिगमा क्लबले निरन्तर खराब प्रदर्शन गरेपछि भिल्लाले जेरार्डलाई बर्खास्त गरेको हो।
यसैसिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमसँग ३–० ले पराजित भएको २४ घण्टा नबित्दै भिल्लाले जेरार्डलाई बर्खास्त गरेको हो।
खराब प्रदर्शनपछि रेलिगेसन जोनमा रहेको भिल्लाले यो सिजन ११ खेलमा २ जित मात्रै निकाल्दै ९ अंक मात्र जोड्न सकेको छ।
जेरार्ड गतसिजनको मध्यतिर भिल्लाको प्रशिक्षकमा नियुक्त भएका थिए। गत नोभेम्बर ११ मा भिल्लाको प्रशिक्षक बनेका जेरार्डको नेतृत्वमा क्लब ४० खेलमा १३ जित, ८ बराबरी र १९ हारको सामाना गरेको छ।
भिल्लाअघि जेरार्डले स्कटिस क्लब रेन्जर्समा ४ सिजन मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए।
प्रकाशित मिति: १०:१४ बजे, शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











