गठबन्धनको प्रदेशस्तरीय भेला आज मधेस, शीर्ष नेताहरू जनकपुर जाँदै
पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गण्डकी प्रदेशबाट सुरु भएको थियो । गण्डकीको भेला शुक्रबार पोखरामा गरिएको थियो ।
काठमाडौं, कात्तिक ५ : पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय अगुवा कार्यर्ता भेला आज मधेस प्रदेशमा हुँदै छ। सो भेलाका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज जनकपुर जाने छन्।
पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गण्डकी प्रदेशबाट सुरु भएको थियो । गण्डकीको भेला शुक्रबार पोखरामा गरिएको थियो ।
भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: ०९:०४ बजे, शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










