Kathmandu Press

टि–२० विश्वकप : दुई पटकको च्याम्पियन वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

पहिलो खेलमा स्कटल्यान्डसँग अप्रत्यासित रुपमा ४२ रनको फराकिलो अन्तरले पारजित भएको वेस्टइन्डिजसले समूह बीमा एक जित मात्र निकाल्न सक्यो।
टि–२० विश्वकप : दुई पटकको च्याम्पियन वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

काठमाडाैं, कात्तिक ४ : दुई पटकको च्याम्पियन वेस्टइन्डिज अस्ट्रेलियामा जारी आईसिसी टि–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। शुक्रबार आयरल्यान्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको हो।

पहिलो खेलमा स्कटल्यान्डसँग अप्रत्यासित रुपमा ४२ रनको फराकिलो अन्तरले पारजित भएको वेस्टइन्डिजसले समूह बीमा एक जित मात्र निकाल्न सक्यो। उ तालिकाको पुछारमा रह्यो । यो समूहबाट जिम्बाबे समूह विजेता र आयरल्यान्ड उपविजेताका रुपमा सुपर १२मा पुगे ।

यस्तै, समूह एबाट श्रीलंका विजेता र नेदरल्यान्ड्स उपविजेताका रुपमा सुपर १२ पुगेका छन्।

ir1666360679.jpg

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको १४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो। उसका लागि पल स्टर्लिङले सर्वाधिक ६६ रन बनाए । उनले उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, लोर्कन टस्करले ३५ बलमा समान २ चौका र छक्काको सहयोगमा ४५ रन बनाए भने ओपनर एण्डी बलब्रिनी ३७ रन बनाए। वेस्टइन्डिजका अकेल हुसेनले मात्र विकेट लिए।

टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। उसका ब्रान्डोन किङले सर्वाधिक ६२ रन बनाउँदा जोन्सन चार्लीले २४ रन बनाए। आयरल्यान्डका लागि ग्रेथ डिलानेले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति: १९:४० बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्