Kathmandu Press

निर्वाचन आयाेगले साेध्याे महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयाेगले साेध्याे महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण

काठमाडाैं, कात्तिक ४ :  निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि शर्मालाई स्पष्टीकरण साेधेकाे हाे।

महामन्त्री शर्माले झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जनाएकाे छ।

झापा क्षेत्र नम्बर १ का उम्मेदवार शर्माले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

 

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्