Kathmandu Press

मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अवको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन्।
मंसिर ४ पछि एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

काठमाडौं, कात्तिक ४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अवको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन्।

उनले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए। उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे।

ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गरे।

उनले अरुजस्तो फ्री भिसा फ्री टिकट भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गरेको बताए। अहिले जनतालाइ अल्मल्याउने नभई देशको विकास गर्ने बेला भएको उनको भनाइ छ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरि तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्