Kathmandu Press

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्छ’

शुक्रबार काठमाडौं क्षेत्र नं. ५ अन्तर्गत पर्ने बुढनीलकण्ठ नगरपालिका वडा नं. ३ र ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले त्यस्ताे बताएका हुन्।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्छ’

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडौं क्षेत्र नं. ५ अन्तर्गत पर्ने बुढनीलकण्ठ नगरपालिका वडा नं. ३ र ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले त्यस्ताे बताएका हुन्।

कार्यक्रममा बोल्दै नेता पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए। कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम रु कसरी भ्रष्ट्राचार रोकिन्छ।’ 

त्यसैगरी स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताए। ‘स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्छन्,’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाँबाट मुक्त हुनुपर्छ।’

कार्यक्रममा बोल्दै नेता पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप लगाए। 

आफूसँग नेकपा एमालेबाट प्रतिष्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको टिप्पणी गरे।  साथै आफूहरुले न्यायालय सुधारदेखि अख्तियारको निष्पक्षतासम्मका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

‘न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो। उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गरे। उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नुभयो,’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताका निमित्त पनि हामीले कामहरु गर्नेछौं।’ 

नेता पौडेलले संसदमा समावेशी प्रतिनिधित्व रहेको बताउँदै संसदलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणमा लैजान आफूहरु लागि परेको पनि बताए। 

‘संसदलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट समावेशी बनाऔँ भनेर पनि हामीले प्रस्ताव गरिरहेका छौँ।’ उनले भने।  

त्यस्तै काठमाडौंका मतदाताहरुले आफ्नो ठाउँको विकास र न्यायको लागि मत हाल्न समेत आग्रह गरेका छन्। 

नेता पौडेलले निर्वाचन अघि सुरु भएको केही गठबन्धनको यात्रा आगामी ५ वर्षसम्म रहनेमा समेत जोड दिएका छन्।

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्