Kathmandu Press

लजमा आउने पाहुनाको गोप्य भिडियो खिच्ने मेनेजर पक्राउ 

लजमा आउने पाहुनाको गोप्य भिडियो खिच्ने मेनेजर पक्राउ 

काठमाडौं, कात्तिक ४ : लजको कोठामा प्वाल बनाई पाहुनाको गोप्य भिडियो खिच्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी क्याफे एन्ड लजका मेनेजर मुकेश माली रहेका छन् । 

लजमा बस्न आउने पाहुनाको अश्लिल भिडियो बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ४२ वर्षीय मालीलाई पक्राउ गरेको हो। 

मालीले लजको कोठामा गोप्य प्वाल बनाई पाहुनाहरुको भिडियो रेकर्ड गर्ने गरको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले मालीको मोबाइलमा त्यस्ता थुप्रै भिडियोसमेत फेला पारेको छ।

भिडियाे खिच्न बनाइएकाे गाेप्य प्वाल
भिडियाे खिच्न बनाइएकाे गाेप्य प्वाल 

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर’ अन्तर्गत दफा ११८ को अभद्र व्यवहार गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

घटनाबारे महारजगञ्ज प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 
 

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्