Kathmandu Press

एमाले नेतृत्वकोे गठबन्धन अप्राकृतिक र प्रतिगामी : माधव नेपाल 

एमाले नेतृत्वकोे गठबन्धन अप्राकृतिक र प्रतिगामी : माधव नेपाल 

काठमाडौं, कात्तिक ४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको विपक्षी गठबन्धनलाई ‘प्रतिगामी गठबन्धन’को संज्ञा दिएका छन् । 

शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रशिक्षण भेलामा अध्यक्ष नेपाललले एमाले, जसपा लगायतका दलहरुलको गठबन्धन अप्राकृतिक र प्रतिगामी रहेको बताएका हुन् । उनीहरुले विकासको नाउँमा विनाश गर्ने उद्धेश्यले गठबन्धन गरेको पनि नेपालको आरोप छ ।

अध्यक्ष नेपालले आफूहरुले देश र संविधानको रक्षा गर्ने उद्धेश्यले गठबन्धन बनाइएको बताए । पवित्र उद्धेश्यले गठबन्धन बनाइएको हुनाले सबै एकजुट हुनुपर्ने नेपालको भनाई छ । 

उनले आफूहरुको सत्तामा पुग्ने मात्र नभएको पनि दाबी गरे । ‘जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउने लगायत  मुलुकलाई समृद्ध बनाउन विभिन्न काम गर्ने उद्धेश्यका साथ गठबन्धन बनेको हो,’ उनले भने । 

नेपालले आगामी निर्वाचनमा जनताले प्रतिगामी गठबन्धनको पक्षमा नभई अग्रगामी र पवित्र गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे । त्यसका लागि नेता कार्यकर्ताहरुलाई सक्रिय भएर निर्वाचन प्रचारप्रसारमा लाग्न उनले आग्रह गरे । 
 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्