Kathmandu Press

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

विदेशबाट प्राप्त उपहारबारे गलत जवाफ दिएको भन्दै पाकिस्तानको निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेपछि खानलाई झड्का लागेको हो।
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

काठमाडौं, कात्तिक ४ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ठुलो झड्का लागेको छ।

विदेशबाट प्राप्त उपहारबारे गलत जवाफ दिएको भन्दै पाकिस्तानको निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेपछि खानलाई झड्का लागेको हो।

Hardik ivf

सत्तामा रहँदा लिएका उपहारबारे गलत जानकारी दिएको आरोप लगाउँदै आयोगका मुख्य आयुक्त सिकन्दर सुल्तान रजा नेतउत्वको पाँच सदस्यीय बेन्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो।

उनको संसद सदस्यतासमेत खारेज गरिदिएको जनाइएको छ। झुटो विवरण पेस गरेको भन्दै इमरानविरुद्ध पाकिस्तानको सत्तारुढ गठबन्धनले संसदीय चुनावका बेला आयोगमा निवेदन पेस गरेको र सोही निवेदनमाथि फैसला गदैृ आयोगले इमरानलाई चुनाव लड्न प्रतिबन्ध लगाएको जनाइएको छ। 

उनी सन् २०१८ मा पाकिस्तानका प्रधानमन्त्री बनेका थिए। अरबी देशहरुको भ्रमणका क्रममा उनलाई महँगा उपहारहरु मिले पनि आयोगलाई झुटा विवरण पेस गरेको आरोप लगाइएको विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका छन्।  

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्