Kathmandu Press

आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन प्रचण्डको आग्रह 

‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ’
आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन प्रचण्डको आग्रह 

काठमाडौं, कात्तिक ४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ताहरुलाई आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन आग्रह गरेका छन् । 

शुक्रबार पोखरामा आयोजित गठबन्धनको प्रदेशस्तरी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनका कार्यकर्ताहरुमा फरक चुनाव चिह्न स्वीकार गर्न अप्ठ्यारो भएको सुनिन आएकाले त्यस्तो अडान नलिन आग्रह गरेका हुन्।

उनले गठबन्धनकै नेता कार्यकर्ताले फरक चिह्नमा मतदान गर्न अप्ठ्यारो माने आत्मघाती हुने बताए । ‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ।’ 

उनले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसलाई लाभ मिलेको बताए । ‘अरुले पनि लाभ लिएका छन् तर सोचेजस्तो भएन,’ प्रचण्डले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ।’ 
 

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्