सर्वसाधरणसँग एमाले अध्यक्ष ओलीले गरे ४ घन्टा टेलिफोन संवाद

काठमाडौं, कात्तिक ४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधरणसँग करिब ४ घन्टा टेलिफोन संवाद गरेका छन् । ‘कल केपी बा’ कार्यक्रममा शुक्रबार करिब चार घन्टासम्म जनतासँग टेलिफोन संवाद गरेको ओलीले बताएका छन्।
उनले टेलिफोन संवादपछि आफू उत्साहित भएको समेत बताएका छन् । ओलीले आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ।
ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयको दाबी छ।
‘कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें। तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु। दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु,’ सामाजिक सञ्जालमार्फत ओलीले भने ।
प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










