Kathmandu Press

बितेको कुरा गरेर गठबन्धनमा शंका पैदा हुने काम नगर्न प्रधानमन्त्रीको आग्रह 

बितेको कुरा गरेर गठबन्धनमा शंका पैदा हुने काम नगर्न प्रधानमन्त्रीको आग्रह 

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्कता रहेको र त्यसलाई मतभिन्नता ल्याउने काम नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका हुन्। ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं,’ दउवाले भने । 

हिजाेकाे राजनीतिक परिस्थितलाइ लिएर गठबन्धनमा शंका हुने कुरा नगर्न पनि उनले अाग्रह गरे।  ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो।’

टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्तालाई धैर्य गर्न पनि देउवाले अनुरोध गरे । आफूले टिकट नपाएपनि गठबन्धनका उम्मेदवारलाई जिताए आगामी सरकार गठबन्धनकै हुने र विभिन्न ठाउँमा जिम्मेवारी दिन सकिने प्रधानमन्त्रीको धारणा थियो । ‘ हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भनेका छन्, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन्,’ उनले भने । 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्