Kathmandu Press

मुलुकलाई पुनः निरंकुशताको भुमरीतिर धकेल्ने कसरत भइरहेको छ : प्रचण्ड

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं. ७ ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताएका हुन्।
मुलुकलाई पुनः निरंकुशताको भुमरीतिर धकेल्ने कसरत भइरहेको छ : प्रचण्ड

काठमाडाैं, कात्तिक ४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेको बताएका छन्।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं. ७ ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताएका हुन्।

मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभएको र राष्ट्रको रक्षाको ब्याटल भएको उनले बताए। देशमा अहिले प्रस्ट रुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएको धारणा राखे। प्रचण्डले  विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताए।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि कुनै हालतमा सह्य नहुने बताए। भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पारे।

त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राखे। उनले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गरे।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं. ७ मा प्रतिनिधिसभातर्फ मानुषी यमी भट्टराई उम्मेदवार छ।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्