कात्तिक ८ गते सूर्यग्रहण लाग्ने, स्वाती नक्षत्र र तुला राशिकालाई अतिकष्ट
दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५:२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ ।
काठमाडौं, कात्तिक ४ : कात्तिक कृष्ण औँसीका दिन कात्तिक ८ गते मंगलबार ग्रस्तासत खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ।
दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५:२४ बजे सूर्यास्त हुनेछ।
नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ः५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
यस सूर्यग्रहणमा स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको समितिले जनाएको छ।
समितिले प्रकाशन गरेको वि.सं २०७९ को राष्ट्रिय पञ्चांगम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ।
यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल छ भने कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










