Kathmandu Press

सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा भेला गर्दै

गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । 
सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा भेला गर्दै

काठमाडौं, कात्तिक ४ : पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ । 

गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो । पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । भेला ११ बजे हुनेछ । 

आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ । 

प्रकाशित मिति: ०७:०८ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्