Kathmandu Press

गण्डकी र लुम्बिनी प्रदेशका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी र लुम्बिनी प्रदेशका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ४ : शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका एक,दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा मौसम सफा रहेको छ। शनिबार  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०६:५१ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्