आमसभामा झण्डा र चुनाव चिह्न १०/१० वटा मात्रै प्रयोग गर्न पाइने
आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३÷४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने जनाएको हो ।
काठमाडौं, कात्तिक ३ : निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ ।
आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३÷४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने जनाएको हो ।
उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३÷४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ ।
चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने पनि आयोगको बताएको छ ।
प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










