नेपाल साहित्य महोत्सव पोखरामा सुरू
पोखरा, मंसिर २७ : आईएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा सुरु भएको छ।
शुक्रबार वेदका ऋचा वाचन गरेर महाेत्सवकाे उद्घाटन गरिएकाे छ....

पोखरा, मंसिर २७ : आईएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करण पोखरामा सुरु भएको छ।
शुक्रबार वेदका ऋचा वाचन गरेर महाेत्सवकाे उद्घाटन गरिएकाे छ। ‘सुन्दास सिस्टर्स’ले परिचित ममता, मनिता र अनिता सुन्दासले वेदका ऋचा वाचन गरेका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानसमा बत्ती बालेर महोत्सव उद्धघाटन गरे।
त्यसलगत्तै नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचनबाट महोत्सव सुरु भएको हो। पाण्डेले ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’बारे विद्वत प्रवचन दिए।
महोत्सव चार दिनसम्म चल्नेछ। मंसिर ३० सम्म फेवातालको किनारमा संचालन हुने कार्यक्रममा एक सयभन्दा बढी वक्ताले विभिन्न विषयमा बोल्नेछन्।











