जीतपुर सिमरामा प्रहरी र मजदुरबीच झडप, १ राउण्ड गाेली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार
झडप नियन्त्रण गर्न प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ।
बारा, कात्तिक ३ : बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरामा प्रहरी र मजदुरबीच झडप भएकाे छ। स्थानीय त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको हाे।
झडप नियन्त्रण गर्न प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ। झडपमा १० जना प्रहरी पनि घाइते भएका छन्।
घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ। झडपमा संलग्न ७ रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन्।
प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










