Kathmandu Press

कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप्यो १८ सदस्य 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेको छ । 
कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप्यो १८ सदस्य 

काठमाडौं, कात्तिक ३ : सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिमा १८ सदस्य थप भएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार १८ जना थप गरेका हुन् । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेको छ । 

उक्त समितिका लागि प्रधानमन्त्रीसमेत रहेका देउवाले सदस्य थप गरेको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्