Kathmandu Press

कमेडियन क्षितिजलाई धराैटीमा छाड्न काठमाडाैं जिल्ला अदालतकाे आदेश

कमेडियन क्षितिजलाई धराैटीमा छाड्न काठमाडाैं जिल्ला अदालतकाे आदेश

काठमाडाैं, कात्तिक ३ : कमेडियन अपूर्व क्षितिज सिंहलाई धराैटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजाररुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे।


युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो।

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्