ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (तस्बिरहरू)
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो।
काठमाडाैं, कात्तिक ३ : १५औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए।
मेलामा करिव ८० लाखको कारोवार हुने अपेक्षा रहेको उहाले बताउनुभयो। प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने बताइएको छ।

सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा राखिएको छ। अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्रि पनि बढ्दै गएको एशोसिएसनका अध्यक्ष तामाङले बताए।
कोरोनाअघि पौने तीन अर्वको बार्षिक कारोवारको आंकडा रहेपनि कोरोनाका बेला १ अर्व ६३ करोडमा व्यापार झरेको तामाङको भनाइ छ।

त्यसपछि भने अघिल्लो आर्थिक बर्षमा २ अर्व बढिको कारोबार भएको र अहिले कारोवार बढ्दै गएको उनले बताए।
गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन जनाएको छ। पुष्प मेला आइतबारसम्म चल्नेछ।












![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










