टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भिड (तस्बिरहरू)

काठमाडाैं, कात्तिक ३ : नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको भिड लागेको छ।
तिहारका समयमा विभागले सुन र चाँदीका सिक्काहरु बिक्री वितरण गर्दै आएको छ। यसपटक चैतदेखि नै सुन र चाँदीका असर्फी बिक्रीवितरण गर्दै आए पनि अहिले तिहारका बेला चाप बढेको टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए।

गत वर्ष परीक्षण उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्रीवितरण गरेपनि यसपटक व्यावसायिक रुपमा उत्पादन गरिएको असर्फी बिक्रि गरिएको उनले बताए। आइतबारसम्म हरेक खरिदकर्तालाई खाली हात नफर्काउने गरी बिक्रीको व्यवस्था गरिएको उनको भनाइ छ।
विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी खरिद गर्न सकिने आचार्यले बताए।







प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










