Kathmandu Press

माधव नेपाललाई कारबाही गर्न राैतहत प्रहरीलाई निर्वाचन आयोगकाे निर्देशन

आयोगले ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था गरेको स्मरण गराउँदै नेता नेपालले मतदातालाई फ्री भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
माधव नेपाललाई कारबाही गर्न राैतहत प्रहरीलाई निर्वाचन आयोगकाे निर्देशन

काठमाडाैं, कात्तिक ३ : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ।

रौटहट–१ का उम्मेदवार रहेका नेपाललाई आयोगले आज (बिहीबार) एक पत्र लेखेर निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो।

आयोगले ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था गरेको स्मरण गराउँदै नेता नेपालले मतदातालाई फ्री भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

‘रौतहट जिल्लामा आयोजित कार्यक्रममा रौतहट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. का उम्मेदवार श्री माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवस दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, निजले बिना डेउवा के भिसा मिल हैं, टिकट मिलते हैं, काठमाडौंमे तलिम मिलते हैं भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्ष गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगक गम्भीर ध्यानाकर्षण भई यो पत्र लेखिएको छ,’ आयोगले रौतहट प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ।

‘ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ । निज माधवकुमार नेपालबाट निर्वाचन सम्ममा युवालाई विदेश पठाउने अनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेको धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ,’ पत्रमा उल्लेख छ।

पत्रका साथमा श्रव्यदृश्य सामग्रीको विद्युतीय प्रति (सिडी) समेत समावेश गरिएको जनाइएको छ।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्