वर्षा र हिमपातले देशभर हेलिकप्टर उडान बन्द
काठमाडौं, मंसिर २७ : पश्चिमी वायुले गर्दा वर्षा र हिमपात हुन थालेपछि हवाई सेवा प्रभावित भएको छ। खराब मौसमले गर्दा हेलिकप्टर उडान बन्द गरिएको छ।
....
काठमाडौं, मंसिर २७ : पश्चिमी वायुले गर्दा वर्षा र हिमपात हुन थालेपछि हवाई सेवा प्रभावित भएको छ। खराब मौसमले गर्दा हेलिकप्टर उडान बन्द गरिएको छ।
बिहीबारदेखि देशभरका मौसममा फेरबदल आएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी र तराई भेगमा वर्षा भइरहेको छ। जसले गर्दा शुक्रबारदेखि हेलिकप्टर उडान बन्द गरिएको छ।
मौषममा सुधार नहुँदासम्म आकस्मिकबाहेक सम्पूर्ण हेलिकप्टर उडान पूर्ण रुपमा बन्द गरिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले बताए। ‘अहिले आईतबारसम्मका लागि हेलिकप्टरको उडान बन्द गरिएको छ,’ कँडेलले भने।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात सगैँ वर्षा भएका कारण आईतबारसम्म उडान बन्द गरिएको हो। यो समयमा उडान नगर्न सम्पूर्ण हेलिकप्टरलाई सर्कुलर गरिएको छ।
हेलिकप्टरको उडान बन्द गरिएपनि अन्य उडान सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित रुपमा भइरहेका छन्।
वर्षा र हिमपातले देशभरको जनजीवन प्रभावित भएको छ। आज बिहानदेखि पहाडी तथा हिमाली क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन्।











