दुई वर्षपछि दशौं राष्ट्रिय खेलकूद कर्णालीमा
दुई वर्षपछि दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा हुने भएको छ।
पोखरा, कात्तिक ३ : दुई वर्षपछि दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा हुने भएको छ।
पोखरामा बसेको राष्ट्रिय खेलकूद परिषद्को बैठकले दशौं खेलकूदको मिति र स्थान तय गरेको हो। २०८१ मा दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको राखेपले जनाएको छ।
दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता कुन महिनामा हुने भने एकीन भएको छैन। केही समयपछि बस्ने राखेपको बैठकले महिना तय गर्ने जनाइएको छ।
त्यस्तै, २०८३ हुने एघारौं राष्ट्रिय खेलकूदका लागि पनि दुई वटा प्रदेशले दाबी गरेका छन्। बागमती र सुदूरपश्चिम प्रदेशले एघारौं खेलकूद आयोजना गर्न दाबी गरेका हुन्। यस विषयमा भने कुनै निर्णय भएको छैन।
आज पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन हुँदै छ। समापन समारोहमा दशौं खेलकूद आयोजनाका लागि कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने भएको छ।











![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)