Kathmandu Press

राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेकी छन्।
राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं, कात्तिक ३: नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन्।

राष्ट्रपतिसँग बिदाइ भेटका लागि चिनियाँ राजदूत यान्छी शीतल निवास पुगेकी थिइन्। नेपालको कार्यकाल सकिएपछि उनी स्वदेश फर्किन लागेकी छन्।

चीन फर्किनअघि उनले राष्ट्रपतिसँग शिष्टाचार बिदाइ भेट गरेकी हुन्। भेटमा दुई दशेको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: ०६:५४ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्