Kathmandu Press

बझाङ जीप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।
बझाङ जीप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो

बझाङ, कात्तिक ३ : बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बाटोमै मृत्यु भएको हो। योसँगै मृतकको संख्या आठ पुगेको हो।

Hardik ivf

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप बुधबार दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुई जनाको भने उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्। उनीहरुमध्ये गम्भीर घाइते भएका चार जनालाई धनगढी लगिएको छ। सामान्य घाइते १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ४२ वर्षीय झरेन्द्र बोहरा छन्।

कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइय छ। जीप सडकबाट पाँच सय मिटर तल खसेको छ।

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्