बेलायतमा प्रधानमन्त्रीको कन्जर्भेटिभ पार्टी बहुमतले विजयी
काठमाडौं, मंसिर २७ : ब्रेक्जिटको समयावधि लम्ब्याएर बेलायतमा भएको निर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जर्भेटिभ पार्टीले अत्यधिक बहुमत प्र....
काठमाडौं, मंसिर २७ : ब्रेक्जिटको समयावधि लम्ब्याएर बेलायतमा भएको निर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जर्भेटिभ पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको छ।
अहिलेसम्म सार्वजनिक भएको निर्वाचन परिणाममा कन्जर्भेटिभ पार्टीले बहुमत प्राप्त गरेको छ। ६ सय ५० सिटमध्ये ६ सय १९ सिटको नतिजा सार्वजनिक भएको छ।
जसमा कन्जर्भेटिभ पार्टीले तीन सय ४१ सिटमा जित हासिल गरेको छ। यो सरकार गठनका लागि अत्यधिक बहुमत हो। बेलायतमा सरकार गठनका लागि ६५० मध्ये तीन सय २६ सिट आवश्यक पर्छ।
त्यस्तै, लेबर पार्टीले दुई सय एक सिटमा जित हासिल गरेको छ। अहिलेसम्मको नजिताअनुसार, लेबर पार्टीले गत निर्वाचनको तुलनामा ५६ सिट गुमाएको छ भने कन्जर्भेटिभले ४३ सिट बढी हासिल गरेको छ।
त्यस्तै, स्कटिस नेसनल पार्टीले ४६ र लिबरल डेमोक्रयाट पार्टीले नौ सिटमा जित हासिल गरेको छ।
यस अघि बेलायती मिडियाले एक्जिट पाेल मत सर्वेक्षण मा पनि कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।






